काठमाडौँ । काठमाडौं महानगरपालिकाले फोहरमैला घरबाहिर नफाल्न र घरमै सुरक्षित तवरले राख्न आग्रह गरेको छ ।
एक सूचना जारी गरी महानगरपालिकाले काठमाडौँ उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तवरले राख्न भनेको हो ।
महानगरले स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला घर र कम्पाउण्डमा सुरक्षित तवरले राख्न आग्रह गरेको हो ।
त्यस्तै फोहोर जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ ।























