काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईको खेल आज बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । लिग–२ श्रृंखलामा नेपाल र आयोजक यूएईलाई हराएर अमेरिका तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
दुबई इन्टरनेसनल क्रिकेट मैदानमा गत मंगलबार भएको खेलमा अमेरिकाले यूएईलाई चार विकेटले हरायो । यसअघि भएको पहिलो खेलमा अमेरिकाले नेपालमाथि १ सय ६ रनको सहज जित निकालेको थियो ।
नेपालले यूएईपछि श्रृंखलाको अर्को खेल कार्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कार्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।





















