skip this News Page Tips Ad Road Block

आन्दोलनको नाममा व्यवसायिक संरचनामा तोडफोड तथा आगजनी गर्नेमाथि कारबाही गरिन्छः अर्थमन्त्री खनाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले जेन्जी आन्दोलनले निम्त्याएको घटनालाई दुई भागमै राखेर अनुसन्धान तथा छानविन गरिने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघसँगको भेटमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । अर्थमन्त्री खनालले आन्दोलनको नाममा व्यवसायिक संरचनामा तोडफोड तथा आगजनी गर्नु गलत भएको भन्दै दोषीमाथि कारबाही गरिने आश्वसान दिएका छन् । साथै अहिले बनेको सरकारले देशमा व्यवसायिक वातावरण बनाउन पहल गरिरहेको समेत उनले जानकारी गराएका छन् ।

महासंघका अध्यक्ष भागिरथ सापकोटाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री खनाललाई भेटी भदौं २३ र २४ गतेको जेन्जी आन्दोनमा उद्योगी व्यवसायी माथि भएको हमलाको विषयमा ध्यानाकर्षण गराएका छन् ।

‘भदौ २३ गते जेन्जीले आन्दोलन गरेपनि २४ गते जेन्नीको नाममा व्यवसायी संरचना तोडफोड तथा जनाउने काम भयो त्यो एकदमै गलत र निदन्नीय छ,’ अर्थमन्त्रीसँगको भेटमा सापकोटाले भने, ‘यदि सरकारले त्यस्ता अपराधिक गतिविधिमा लाग्नेमाथि कारबाही नगर्ने हो भने देशमा व्यवसायिक वातावरण बन्ने छैन ।’

यसैगरी जेन्जी आन्दोलनलाई एउटै बास्केटमा राखेर हेर्ने हो भने त्यसले आगामी दिनमा थप अराजकता फैल्याउने काम गर्ने सापकोटाको भनाई छ । ‘यदि जेन्जीले जुन मुद्दा उठाएर आन्दोलन गरेका छन् र उनीहरुले २३ गते जसरी आन्दोलन गरेका थिए त्यसमा हामीले विरोध गरेका छैनौं,’ उनले भने, ‘तर २४ गते जसरी व्यवसायी प्रतिष्ठान तथा उद्योगी व्यवसायी, सर्वसाधारण र राज्यको सम्पती जलाइयो त्यस्तालाई सरकारले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्छ ।’ जेन्जी आन्दोनका नाममा भएको अपराधिक गतिविधिले अहिले व्यवयासीको मनोवल खस्किएको भन्दै त्यसलाई उकास्न सरकारले अविभावकीय भूमिका निर्वाह गर्नुपर्ने महासंघको आग्रह छ ।

साथै अहिलेको अर्थतन्त्र उकास्न सामान्य पहल नभई राज्यको तर्फबाट बुस्टर डोज चाहिने महासंघको भनाई छ । यसैगरी अहिले देखिएको डेडिकेटेड ट्रंकलाईन विवादलाई निचोडमा पुर्याउन सरकारले पहल गर्नुपर्ने महासंघको माग रहेको छ ।

Health Tips Ad Road Block