काठमाडौं । नेपालले भारतलाई हराएको छ । स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को दुई गोलसँगै नेपालले थ्री नेसन्स कपमा भारतलाई हराएर जित निकालेको हो । जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोली भारतलाई नेपालले २–१ ले हराएको हो ।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ । इरानले भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गरेरे जित निकालेको थियो । नेपालले भने सान्व्ना जित हासिल गर्यो । खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई सुरुआती अग्रता दिलाइन् । डिफेन्स लाइनबाट आएको लामो क्रसमा उनले गोल गरेकी हुन् । त्यसैगरी नेपालले दोस्रो हाफमा पनि साम्बाकै तर्फबाट एक गोल थपियो । साम्बाले ६३ औं मिनेटमा सिधै प्रहार गरेको फ्रिकिकलाई भारतीय गोलकिपरले रोक्न सकिनन् ।
खेलमा भारतकी करिश्मा सिरभोकरले ८१ औं मिनेटमा गोल फर्काइन् ।





















