Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

प्रथम बुढानिलकन्ठ रैथाने कृषि तथा व्यापार मेला २०८२ः शनिबारदेखि बुढानिलकन्ठ रैथाने कृषि बजार एवं कोसेली घरमा सुरु हुने

१ वर्षसम्म निशुल्क स्टलहरु उपलब्ध गराइने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रथम बुढानिलकन्ठ रैथाने कृषि तथा व्यापार मेला २०८२ (कार्तिक १५ गते शनिबार ठूलो एकादशी देखी कार्तिक १९ गते पुर्णिमासम्म) बुढानिलकन्ठ रैथाने कृषि बजार एवं कोसेली घर (हाट बजार चोक , बुढानिलकन्ठ–३ , काठमाडौं , बुढानिलकन्ठ मन्दिर नजिकै उत्तर , निलो पुल नपुग्दै देब्रेमा) सुरु हुने भएको छ । बुढानिलकन्ठ मन्दिरमा लाग्ने पाँच दिने हरिसयनी एकादशी मेला लक्षित विशेष बजार (बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म) संचालन हुने भएको हो ।

यसका लागि शुक्रबार बेलुकी ३ बजेदेख िसाँझ ७ बजेसम्म विषेशतः मौलिक रैथाने खानाका विभिन्न परिकारहरुसहितको संध्याकालिन हाट बजारका लागि समेत स्टलहरु र आवश्यक टेबुलहरु समेत अगाडि नै सम्पर्क गरी स्टल निश्चित गर्ने व्यवसायीहरुलाई प्राथमिकताको आधारमा यथासंभव निःशुल्क टेबुलहरु समेत उपलब्ध गराउने व्यवस्था मिलाइने बुढानिलकन्ठ नगर उध्योग वाणिज्य संघका अध्यक्ष एवं बजारका संचालक महेश भन्डारीले बताएका छन् । उनका अनुसार कुनै पनि जानकारीका लागि ९८५१०८७९९८ मा सम्पर्क गर्न सकिनेछ ।

मिसावट एवं विषादीरहित स्वस्थ्य खाद्यान्न, तरकारी, फलफुल, दुग्ध पदार्थहरु, माछामासु एवं खानाका रैथाने परिकारहरु) मुलमन्त्र बोकेको कृषि महाअभियानलाई सघाऊ पुर्याउने नेपालै भरिका ७५३ ओटै पालिकाहरुका स्थान विशेष, जाति विशेष, वर्ग एवं समुदाय विशेष स्वदेशी मौलिकता, चिनारी एवं पहिचान झल्कने विभिन्न लोकल तथा अर्गानिक सम्पूर्ण उच्चस्तरीय उत्पादनहरु, खाद्यान्नहरु, तरकारीहरु, फलफुलहरु, दुग्ध पदार्थहरु, माछामासुहरु, घरेलु ब्रान्डका पेय पदार्थहरु, जुसहरु, बोट बिरुवा सम्बन्धित नर्सरी जन्य उत्पादनहरु लगायत प्रंगारिक मल, बिऊ बिजन तथा विभिन्न ह्यान्डीक्राफ्टका सामानहरु तथा उपहारजन्य सामग्रीहरु, पूजा सामग्रीहरु सहित सम्पूर्ण घरेलु रैथाने उत्पादनहरु एवं विभिन्न नेपाली मौलिक परम्परा झल्कने रैथाने खानाका गुणस्तरीय तथा स्वादिला परिकारहरुको समेत बिक्री वितरण मेलामा हुनेछ ।

यसका लागि बुढानिलकन्ठ रैथाने कृषि बजारको स्टलहरुमा ७७ ओटै जिल्लाका आफ्नै पालिकाको नामको व्यानर वा सोकेस राखेर काठमाडौंको यो स्थानमा बजारीकरण गर्न आयोजकले सबैलाई भनेको छ । ईच्छुक सम्पूर्ण स्थानीय निकायहरु, जिल्ला नगर उद्योग वाणिज्य संघहरु, स्थानीय पालिकाहरु र विभिन्न उद्योग वाणिज्य संघहरुद्वारा संचालित एवं प्रवद्धित कोसेली घरहरुलाई (कम्तीमा १ वर्ष निःशुल्क स्टल उपलब्ध गराईने) संचालक भण्डारीले बताएका छन् । त्यस्तै विभिन्न घरेलु, महिला उद्यमी तथा कृषक समूहहरु र ईच्छुक बिक्रेता वर्गहरु एवं सम्पूर्ण ग्राहक वर्गहरुमा सुपथ मूल्यमा खरिद तथा बिक्री दुवै गर्नको लागि समेत हाट बजारमा उपस्थित हुन आयोजकले भनेको छ ।

Health Tips Ad Road Block