Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्वतारोहण संघले भन्यो–अत्याधिक हिमपात भइरहेछ, आरोहण दल र पदयात्रीहरु उच्च पहाडी र हिमाली क्षेत्रमा नजानोस्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा अत्याधिक हिमपात भैइरहेको हुनाले उक्त क्षेत्रमा रहेका आरोहण दल तथा पदयात्रीहरुलाई उच्च हिमाली क्षेत्रहरुमा नजान तथा पासहरु क्रस नगर्न नेपाल पर्वतारोहण संघले अनुरोध गरेको छ । संघले उच्च हिमाली क्षेत्रहरुमा रहेका सम्पूर्ण आरोहण दल तथा पदयात्रीहरु सुरक्षित स्थानमा एककृत भएर रहन र संघ तथा सम्वन्धित ट्रेकिङ कम्पनीहरुसँग नियमित सम्पर्कमा रहन पनि भनेको छ ।

सम्बन्धित ट्रेकिङ कम्पनीहरुलाई पनि आ–आफ्नो आरोहण दलहरु तथा पदयात्रीहरुलाई सुरक्षाका लागि सर्तकता अपनाउन समन्वयका लागि संघले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागद्वारा जारी गरिएको सूचना अनुसार आगामी केही दिनहरुमा पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि भारी हिमपात हुने सम्भावना रहेको हुनाले उक्त क्षेत्रहरुमा यात्रा गर्नुपूर्व थप सर्तकता अपनाउन पनि संघका अध्यक्ष फुर गेल्जे शेर्पाले सबैलाई सचेत गराएका छन् ।

Health Tips Ad Road Block