Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

किष्ट मेडिकल कलेजमा तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेमाथि कारबारी गर्न चिकित्सक संघको माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कार्तिक ८ गते उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट र अस्पतालमा तोडफोड गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो अपराधिक कार्यको नेपाल चिकित्सक संघले घोर भत्सर्ना गरेको छ ।

संघले विज्ञप्तिमार्फत भनेको छ, ‘उपचारको क्रममा मृत्यु भएको दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा भगवानले सहन सक्ने क्षमता प्रदान गरुन र नवजात शिशुको सिघ्र स्वास्थ्यको कामना गर्दै यदि उपचारको क्रममा लापरबाही भएको शंका लागेमा कानूनी प्रकृयामा जान सकिने प्रावधान हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर पुग्ने छ । समग्र स्वास्थ्य क्षेत्रलाई आतंकित तथा भयभीत पार्ने गरी घटाईएको यस्तो अस्वभाविक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कडाभन्दा कडा कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’

Health Tips Ad Road Block