skip this News Page Tips Ad Road Block

गरिमा विकास बैंकले बोलायो साधारण सभा, शेयरधनीलाई दिने १०.५३ प्रतिशत लाभांश पारित गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कार्तिक २ गते बसेको सञ्चालक समितिको ३३५औं बैठकले बैंकको उन्नाइसौँ वार्षिक साधारण सभा कार्तिक २७ गते बिहीबार बिहान ११ बजे होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बोलाएको हो ।

बैंकले शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज २७ गते सोमबार बसेको बैंक सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर एवं नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई सभाले पारित गर्नेछ ।

यो सँगै सभाले आर्थिक वर्ष २०८१/०८२ को सन्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण नाफा नोक्सान बाँडफाँड हिसाब, इक्वीटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।

बैंकले कार्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार कार्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्त गर्न सक्नेछन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Health Tips Ad Road Block