Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । यस अनुसार बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ ।

भदौ ९ गते बैंकले बुक क्लोज गरेको थियो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा कार्यालय तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि हकप्रदमा आवेदन दिन सकिनेछ ।

Health Tips Ad Road Block