Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘छिटोभन्दा छिटो कृषि ऐन जारी भएर कृषि क्षेत्र व्यवस्थित हुनुपर्दछ’

कृषि बजारलाई टेन्डरमा लाने सबैभन्दा ठूलो समस्या

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तरकारी फलफूल बिक्री पेशामा संलग्न व्यवसायीहरूको हित प्रवद्र्धनका निम्ति, व्यवसायीहरूको स्थायित्वको निम्ति, पेशागत सुरक्षाको लागि र कृषि बजारहरूको स्तरउन्नतिको निम्ति नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघ २०६६ सालमा स्थापना भएको हो । छाता संस्था महासंघले देशव्यापीरूपमा व्यवसाय गर्ने व्यवसायीहरूको बीचमा कार्य गर्दै आईरहेको छ । फलफूल तथा तरकारी पेशालाई कसरी व्यवस्थित, मर्यादित र दिगो बनाउने भन्ने सन्दर्भमा महासंघले काम गरिरहेको छ । यसै सन्दर्भमा प्रस्तुत छ अर्थ प्रणाली डट कमले नेपाल फलफुल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष भरतप्रसाद खतिवडासँग महासंघले गरिरहेको कार्य र आगामी दिनमा चाल्ने कदमका विषयमा गरेको कुराकानीको सम्पादित अंशः

महासंघ स्थापनाकाे उद्देश्य अनुसार तपाईँहरू अहिले कुन रूपले हिँडिरहनुभएको छ ?

खासगरी निजी क्षेत्र तरकारी फलफूलमा बिक्री पेशामा संलग्न व्यवसायीहरूको हित प्रवद्र्धनका निम्ति, व्यवसायीहरूको स्थायित्वको निम्ति, पेशागत सुरक्षाको लागि र कृषि बजारहरूको स्तरउन्नतिको निम्ति भनेर महासंघले निजी क्षेत्रको तर्फबाट राम्रो भूमिका खेल्न सकोस् भनेर २०६६ सालमा नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ दर्ता गरिएको थियो । यो महासंघ दर्ता भइसके पछाडि अहिले यो महासंघको केन्द्रीय कार्यालय हुँदै संघीय संरचना अन्तर्गत प्रदेश संरचनाहरू पनि छन् । सातवटै प्रदेशमा प्रदेश कमिटीहरू छन् । प्रदेश कमिटी अन्तर्गत रहेका प्रमुख बजारहरूमा महासंघका इकाई घटक संघसंस्थाहरू छन् । अहिले देशव्यापीरूपमा व्यवसाय गर्ने व्यवसायीहरूको बीचमा यो महासंघ पुग्न सफल भएको छ । अहिलेको विषम परिस्थितिमा फलफूल तथा तरकारी पेशालाई कसरी व्यवस्थित गर्ने, कसरी मर्यादित गर्ने, कसरी यसलाई दिगो बनाउने भन्ने विषयमा महासंघको प्रमुख ध्यान रहेको छ ।

नेपाल कृषिप्रधान देश भएपनि कृषिमा हामी आत्मनिर्भर बन्न सकिरहेका छैनौँ । हामी गफले मात्रै कृषिमा आत्मनिर्भर बन्न सकेका छैनौं भन्ने पक्षमा हामी छैनौँ । हामीले कृषिमा आत्मनिर्भर बन्नको लागि हाम्रो स्तरबाट के गर्नुपर्दछ भनेर त्यतातर्फ पनि सोचिरहेका छौँ । अहिलेको अवस्थामा कृषिमा आत्मनिर्भर बन्ने र कृषिलाई व्यवसायिक खेती प्रणाली गरेर हामीले बाहिरी मुलुकहरूमा पनि पठाउन सक्ने अवस्था सिर्जना गर्ने हो भने हाम्रो भूमिबाट अर्बौँ अर्बाैंको कृषिजन्य वस्तुहरू निर्यात गर्न सक्दछौँ । त्यसको ठिक उल्टो अहिले हामीले अर्बौं अर्बको सामान वस्तु आयात गरिरहेका छौं । यसका लागि महासंघ जस्ता निकायहरूको आवश्यकता छ ।

कति हुनुहुन्छ तपाईँहरू ?

अहिले जहाँजहाँ फलफूल तथा तरकारीका कृषि बजारहरू छन् । भएका स्रोत बजारहरूमा हाम्रो महासंघ सहभागी छ । संख्याको हिसाबले व्यवसायीहरू हजारौं हुन्छन् । तर महासंघको सदस्य घटक संघसंस्था हुने भएकाले केन्द्रमा २७ सदस्यीय केन्द्रीय समिति, पाँचजना सल्लाहकार, सातै प्रदेशमा ११ सदस्यीय प्रदेश कमिटी रहेका छन् । ४० वटा इकाई संघहरू छन् । आबद्धताको हिसाबले हजारौं संख्यामा व्यवसायी हामीहरूसँग रहेका छन् । यसलाई व्यवस्थित गरेर राज्यले दिनुपर्ने सेवाहरू पनि महासंघको तर्फबाट दिन हामी तयार छौं । अहिलेको अवस्थामा व्यवसायीहरू असुरक्षित महसुस गरिरहेका छन् । विभिन्न अस्थिर घटनाक्रमले व्यवसाय धरापमा पर्ने हो कि भन्ने चिन्ता पनि जाहेर भइरहेको छ । पेशाको स्थायित्व छैन । बजारमा निश्चित समयको लागि भनेर व्यवसायीहरु असुरक्षित महसुस गरिरहेका छन् । यी सबै कुरालाई सम्बोधन गर्नुपर्ने अहिलेको आवश्यकता छ । यो पेशा अत्यन्त व्यवस्थित, पारदर्शी हुनुपर्दछ । यो पेशाबाट लाभ पाउने लाभग्राहीहरूले मनग्य लाभ लिन सक्नुपर्दछ भन्ने कुरामा हामी अत्यन्त सजग छौँ ।

विशेषतः कृषि पेशामै लागेकाहरू यहाँ हुनुहुन्छ, हैन ?

हो, खासगरीकन कृषि पेशाको फलफूल तथा तरकारीको बिक्री वितरणमा संलग्न आम व्यवसायीहरू यो महासंघमा आबद्ध छन् ।

तपाईहरु किसानको पक्षमा पनि काम गर्नुहुन्छ ?

अब यसलाई सूत्रबद्ध गर्न जरुरी छ । किसानहरूलाई खासगरी बजारको विशिष्टीकरण अनुसार उत्पादनमा जानुपर्दछ भन्ने कुरामा हामी एकदमै जानकार छौं । हामी प्रत्यक्षरुपमा बजारमै रहेको कारणले गर्दा काठमाडौँमा कस्तो गुणस्तरको गोलभेँडा प्रयोग हुन्छ । पोखरामा कस्तो गुणस्तरको गोलभेँडा प्रयोग हुन्छ । बुटवल, सुदूरपश्चिम, सुदूरपूर्वमा कस्ता खालका गोलभेँडा प्रयोग गर्दछन् भन्ने हामीलाई राम्रोसँग थाहा छ । यो एउटा उदाहरण मात्रै हो भनाइको मतलब ठाउँ पिच्छेको उपभोक्ताको चाहना अनुसारको वस्तुहरू हुन्छन् । त्यसकारणले गर्दा हामी काठमाडौँमा यो किसिमको सामान, पोखरामा यो किसिमको सामान, अन्य स्थानमा यो किसिमको सामान, यो गुणस्तरको लानुपर्दछ भन्ने विषयमा हामी त्यसका विज्ञ हौँ । त्यसकारण किसानहरूलाई हामी यो विषयमा सुझाव दिन चाहन्छौंं । अब गोष्ठी सेमिनार गरेर होइन, किसानका बारीमा, खेतमा उत्पादकहरुसँग प्रत्यक्ष संलग्न भएर नै काठमाडौँ, पोखरा, नारायणघाट, बुटवल, महेन्द्रनगर कहाँ बेच्ने भन्ने त्यो उत्पादकको च्वाइस (छनौट) हो । कहाँ लाँदैछु भन्दै गर्दा त्यो आफ्नो फसललाई कसरी व्यवस्थित गर्ने ? कसरी प्याकिङ गर्ने ? कुन समयमा टिप्ने ? भन्ने लगायत कुरा हेक्का राख्नुपर्दछ भनेर हामी किसानलाई भनिरहेका छौं । किसानहरू अहिले अव्यस्त हुनुहुन्छ । किसानसँग नजोडिने प्रश्न हुँदैन । खासगरी उपभोक्तासँग भन्दा पनि उत्पादकसँग बढी हुने गर्दछ । स्रोत बजारमा हुने भएकाले हाम्रा ग्राहकहरूले ठूलो मात्रामा सामान लिएर जाने उपभोक्ताहरु हुने गर्दछन् । प्रत्यक्षरुपमा साधारण उपभोक्ताको पहुँच हामीसँग हुँदैन । अप्रत्यक्षरूपमा हामी उहाँहरुसँग जोडिएका हुन्छौं । उत्पादक र हामी भनेको नङ र मासु हौँ । हामीले यसमा सुसम्बन्ध कायम गर्नुपर्दछ । उत्पादन बढोत्तरी गर्न र उत्पादन बढोत्तरी गरेर त्यसको उचित मूल्य पाउनका लागि वातावरण बनाउनको निम्ति हाम्रो महासंघले खेल्नुपर्ने भूमिका आगामी दिनमा खेल्दछ ।

अहिले देखिएका समस्या र समाधानका उपाय के हुन् ?

भदौ २३ र २४ गते देशमा अप्रत्यासितरुपमा भएको आन्दोलनपछिको परिस्थितिले यो क्षेत्रलाई पनि अस्थिर बनाउने काम भएको छ । पेशा नै के हुने हो भन्ने अवस्था सिर्जना भएको छ । विस्तारै हामी लयमा फर्किँदै छौं र सबै बजारका व्यवसायीहरू व्यवसायमा फर्किसक्नुभएको छ । यसलाई अब अगाडि बढाउनुपर्दछ भन्ने पक्षमा सबै व्यवसायीहरु देखिनुहुन्छ । अहिलेको मुख्य समस्या भनेको हरेक ठाउँका कृषि बजारलाई टेन्डरमा लाने सबैभन्दा ठूलो समस्या छ । सरकारले सस्तो दिनुपर्यो भन्दछ । उपभोक्ताको माग पनि सस्तो पाउनुपर्यो भन्ने हुन्छ । किसानले पनि हामीले महँगो पाउनुपर्यो भन्ने, जहिले पनि उत्पादकले उचित मूल्य पाउनुपर्दछ भन्ने हुन्छ । टेन्डर प्रक्रियामा जाँदा किन्दा कम मूल्यमा किन्ने र बेच्दा सस्तोमा बेच्ने यो त सम्भव हुँदैन । खासमा बीचको खर्चलाई कमभन्दा कम गरेर सरल मूल्यमा बेच्ने खालको कुरा हो । त्यसकारण टेन्डर प्रक्रियाले आक्रान्त छन् व्यवसायीहरू । त्यसैले यो टेन्डर प्रक्रियालाई समुचित तवरले हल गर्नुपर्दछ भनेर हामीले राज्यसँग माग गरिरहेका छौं ।

अहिले खासगरी कृषि ऐन चाहियो भनेर हाम्रो जोडदार माग रहेको छ । कृषि ऐनलाई व्यवसाय मैत्री किसान मैत्री र बजारमैत्री बनाउनु पर्दछ भनेर हामीले महासंघको तर्फबाट तत्कालीन कृषिमन्त्रीलाई ध्यानाकर्षण गराएका थियौं । महासंघको तर्फबाट हामीले सुझाव पनि दिएका थियौँ । अकस्मातरूपमा उहाँ पदमा रहनुभएन । अब छिटोभन्दा छिटो कृषि ऐन जारी भएर व्यवस्थित हुनुपर्दछ भन्ने हाम्रो भनाइ रहेको छ ।

Health Tips Ad Road Block