काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेट गरेका छन् ।
अर्थमन्त्री डा. वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच शुक्रबार भेटवार्ता भएको हो ।
शुक्रबार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा उनीहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको जनाइएको छ ।






















