काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेको छ ।
असोज ३१ गते शुक्रबार २ लाख ५८ हजार रुपैयाँ प्रतितोलामा पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य घटेर आज आइतबार २ लाख ५३ हजार २ सय रुपैयाँमा आइपुगेको छ ।
चाँदी प्रतितोला ३२७५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















