काठमाडौं । आज साताको अन्तिम दिन शुक्रबार असोज ३१ गते पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । मूल्य तोलाको २ लाख ५८ हजार रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो समय नेपाली बजारमा दैनिकरुपमा उचाई लिँदै गएर आज मूल्य नयाँ उचाईमा पुगेको हो ।
हिजो प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ तोलामा पुगेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ३३५० रुपैयाँ रहेको छ ।























