Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कक्षा ११ को पुराना आँशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँच हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकोमा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् ।

यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ । साथै १६०० र ८१६०१३ डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिनेछ ।

Health Tips Ad Road Block