Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भुर्तेल चम्किएपछि नेपाली क्रिकेट फ्यान–केही पक्कै गर्नेछ नेपालले, उपाधिको नजिक रहँदै नेपाल टी–२० विश्वकपमा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बिहीबार बिहानै राता राता आँखा पार्दै क्रिकेट फ्यानहरु चिया चौतारीमा भेटिन्छन् र गफ सुरु हुन्छ नेपाली क्रिकेटको । चियाको अर्डरसँगै खुसी मुद्रामा रहेका उनीहरु खेलको समीक्षा गर्न थाल्छन् र भन्छन् ओई यसपाली त नेपालले पक्कै केही गर्नेछ । नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएसँगै त उनीहरुको खुसीको सीमा नै छैन ।

ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको खेलको चर्चा हो यो । बुधबार संयुक्त अरब इमिरेट्स (युएई) ले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकप प्रवेश गरिहाल्यो । योसँगै नेपाल तेस्रो पटक विश्वकपमा पुगेको हो । नेपालले यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलिसकेको छ । त्यहीबीचमा कोही राजनीतिक दलका नेताहरुलाई गाली गर्न पनि पछि पर्दैनन् उनीहरु । यसपाली नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो । अब नेपालले भारत र श्रीलंकामा सन् २०२६ मा हुने टी–२० विश्वकप खेल्नेछ ।

नेपालसँगै आयोजक ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमानले दुई खेल अगावै विश्वकपमा स्थान बनाएका हुन् । जितका लागि यूएईले दिएको दुई सय २६ रनको लक्ष्य पछ्याएको सामोआ पूरै २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रनमा समेटिएको हो । अब युएई र जापानमध्ये एक टोली विश्वकपमा छनोट हुनेछ ।

सुपर सिक्समा नेपालले बुधबार राति ओमानसँग प्रतिस्पर्धा गरेको छ ।

त्यहाँ चियाको चुस्कीसँगै हँसिलो मुद्रामा ओमानसँगको खेलको चर्चा हुनथाल्छ । कोही भन्छन् अब त सिओर भइसक्यो नेपालले उपाधी नै जित्छ ।

तारिफ कुशल भुर्तेल र गुलसन झाको हुन्छ । हुन पनि हो । कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशन झाको उत्कृष्ट बलिङसँगै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक नेपाल पुगेको छ । बुधबार सम्पन्न सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राखेपछि खेल समर्थकको खुसीको सीमा नरहेको हो । उनीहरु बीच बीचमा भन्छन्, ‘अब सामाओलाई त सिधै हराइहाल्छ नि नेपालले ।’ ओमानसँगको यो जितसँगै नेपालले ४ खेलबाट ८ अंक पु¥याएको छ ।

नेपालले समूह चरणबाटै २ अंक ल्याएको थियो । सुपर सिक्समा भने यूएईमाथि १ र कतारमाथि ५ रनको जित हात पारेको थियो । ओमानको अपराजित यात्रामा भने पूर्णविराम लागेको छ । समान खेलमा ६ अंक रहेको ओमान दोस्रो स्थानमा रहेको छ । अब नेपालले सामाओसँग र ओमानले जापानसँग खेल्नेछ ।

नेपालले जितका लागि ओमानलाई १५२ रनको लक्ष्य दिएको थियो । ओमानले ९ विकेट गुमाउँदै ११३ रन बनायो । नेपालका ओपनर कुशलले सर्वाधिक ६९ रन बनाए । ५१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर आसिफ शेख २४, गुलसन झा १८, आदिल अन्सारी १६ रनमा आउट भए ।

ओमानका नदिम खानले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए । सुफयान मेहमोद र जितेनकुमार रामदानीले समान दुई विकेट लिए । ओमानका विनायक सुकलाले सर्वाधिक रन बनाए । उनले खेलमा १ चौका र २ छक्का प्रहार गरेका थिए । मोहम्मद नादिम ३१ बलमा १ छक्का प्रहार गर्दै २५ रन बनाएर आउट भए । कप्तान जितेन्द्रसिंह १४ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन । नेपालका गुलशन झाले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए ।

सोमपाल कामी र नन्दन यादवले समान २ विकेट लिए । सन्दीप लामिछानेको नाममा समान १ विकेट रह्यो ।

Health Tips Ad Road Block