Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

केपी ओली नेतृत्वमा नरहे एमालेसँग पनि हुन सक्छ एकताः प्रचण्ड

Citizenlife ad 2082 falgun to baishak 2083

धादिङ, बेनिघाट रोराङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको सम्भावित एकता सम्बन्धमा स्पष्ट संकेत दिएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा संयोजक प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए । उनले भने, ‘अबको माओवादीको लाइन भनेको चुनाव हो।’

साथै तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने जानकारी प्रचण्डले दिए । एमालेसँग एकताको सम्भावनाबारे बोल्दै उनले स्पष्ट पारे, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ।’

कार्यक्रममा सहभागी युवा तथा नेता कार्यकताहरूसँगको छलफल गर्दै प्रचण्डले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको बताए । उनले भने, ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले माओवादी सहि रहेछ भन्ने बुझ्नु भएको छ।’

उक्त भेटघाटमा उनले नेता कार्यकर्ताहरूलाई आगामी निर्वाचनका लागि योजनाबद्ध रूपमा लाग्न निर्देशन दिएका थिए ।

Health Tips Ad Road Block