skip this News Page Tips Ad Road Block

भोटेकोशी जलविद्युत आयोजनाद्धारा निशुल्क शेयर दिने सहमति नभएको प्रष्टोक्ति

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । २०८२ साल असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राईभेट लिमिटेडबीच निःशुल्क शेयर दिने गरी सहमति भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको आयोजनाले छ। आयोजनाले एक विज्ञप्ति प्रकाशित गरी दुवै कम्पनीबीच निःशुल्क शेयर लिने दिने सहमति नभएको स्पष्ट पारेको हो ।

आयोजनाले भनेको छ, ‘भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडलेको १० प्रतिशत शेयरको लागि आवेदन दिन अगाडि जलविद्युत उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित स्थानीय जनतालाई उपरोक्त पब्लिक लिमिटेड कम्पनीको शेयरधनी बनाईसकेपछि बीकेपीसीले प्रतिशेयर बराबर अंकित मूल्य रु. १००।– रहेको शेयर १० (दश) प्रतिशत मात्र उल्लेखित पब्लिक लिमिटेड कम्पनी लाई बिक्री गर्ने र सो पब्लिक लिमिटेड कम्पनीले उल्लेखित शेयर खरिद गर्नको लागि चाहिने ऋण बैकबाट लिने र सो ऋणको लागि बीकेपीसीले जमानी मात्रको व्यबस्था मिलाउने सहमति भएको स्पष्ट पार्न चाहन्छौं ।’

निर्माण सम्पन्न भईसकेको आयोजना भएकोले बीकेपीसीले वार्षिक रुपमा वितरण गर्ने लाभांशबाट १० (दश) प्रतिशत शेयर वापत उक्त पब्लिक लिमिटेड कम्पनीले पाउने रकम सोही पब्लिक लिमिटेड कम्पनीले लिएको ऋण तथा ब्याज तिर्नका लागि उपयोग गर्ने गरी सहमति भएकोले यसलाई निःशुल्क शेयर दिने गरी सहमति भएको भन्ने भ्रममा नपर्न आयोजनाले सबैलाई आग्रह गरेको छ ।

 

Health Tips Ad Road Block