Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तपाईँले भर्नुभयो ? श्रीनगर इन्डष्ट्रिजको आईपीओ भर्ने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन एवं बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । तपाईँले आवेदन दिन छुट्नुभएको छ भने आज आवेदन दिइहाल्नुस् । कम्पनीले असोज २६ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका पच्चिस लाख दश हजार चार सय त्रियानब्वे कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

लिमिटेडले आफ्नो जारी पूँजी अक्षरेपी एक अर्ब त्रिसष्ठी करोड बाह्र लाख पचास हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार बराबरको रु.१०० अंकित दरको ३२,६२,५०० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात् १,६३,१२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि, १९ प्रतिशत अर्थात् ३०,९९,३७५ कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् ३,०९,९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि, ५ प्रतिशत अर्थात् १,५४,९६९ कित्ता साधारण शेयर सामुहिक लगानी कोष र १,२३,९७५ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको शेयर निष्काशन तथा बाँडफाँड गरे पश्चात बाँकी रहेको पच्चिस लाख दश हजार चार सय त्रियानब्वे कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर प्रणालीमार्फत पनि आईपीओमा आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Health Tips Ad Road Block