काठमाडौं । आज असोज २९ गते बुधबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
आज २ लाख ४८ हजार ९ सय रुपैयाँमा मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो । हिजो २ लाख ४८ हजार ५ सय रुपैयाँमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । दैनिकजसो नै पछिल्लो समय सुनको मूल्यमा नयाँ रेकर्ड कायम भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेर ३२४० रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















