Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई ” गीत सार्वजनिक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । तिहार सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर देउसी भैलोका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको “झिलिमिली तिहार लाई” नामक तिहारगीत सार्वजनिक भएको छ । गीतमा पौडेलसहित  गायिका समान्ता थापा, निरज तिमल्सिना र मनिष पौडेलले स्वर दिएका छन् । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्यूजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका छन् भने मोहित मुनालले संगित दिएका छन् ।

गीतकार तथा गायक पौडेलले भने, “विगत दश–पन्ध्र वर्ष अगाडिसम्म पनि तिहारको रौनक, खुसियालीको माहौल देखिने गर्दथ्यो, तर आज भोलि सबै हराउँदै गएको महसुस हुन थालेको छ । त्यसै कारण हाम्रा पालाका गीत, संगीत ,तथा प्रस्तुतिहरुलाई हाम्रा सन्ततिहरुले पनि थाहा पाउन्, महसुस गरुन् भन्ने उद्देश्यले गीत तयार पारेका छौं ।” गितमा यमपञ्चकको पाँचै दिन गरिने कर्महरु काग पूजा, कुकुर पूजा, लक्ष्मि पूजा, गाई गोरु पूजा र भाई पूजालाई पनि समेटिएको छ ।

गीतमा नेपालीहरुले तिहार मनाउने शैली, परम्परा लगायतका रमाइलो सँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । यसअघि पौडेलको दशैं गीत पनि सार्वजनिक भएको थियो ।

Health Tips Ad Road Block