skip this News Page Tips Ad Road Block

बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालका डा. सुनिल अधिकारीमाथि सांघातिक आक्रमण, दोषीलाई कारवाही गर्न चिकित्सक संघको आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मंगलबार बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा कार्यरत चिकित्सक डा. सुनिल अधिकारीमाथि सांघातिक आक्रमण भएको छ । यो घटनाप्रति एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघका महासभिव सञ्जिव तिवारीबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘सेवामा समर्पित रही ड्युटी गरिरहेका इमान्दार तथा कर्मठ चिकित्सकमाथि भएको उक्त अमानवीय घटनाले समस्त चिकित्सकहरुको स्वाभिमानमा गम्भीर आघात पुगेको छ। यस्तो आपराधिक तथा निन्दनीय कार्यको नेपाल चिकित्सक संघ घोर भत्सर्ना गर्दछ । स्वास्थ्य संस्थाहरुमा हुने गरेका यस प्रकारका घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो निन्दनीय घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानूनको दायरामा ल्याई ूस्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कारवाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’

Health Tips Ad Road Block