काठमाडौं । आज बिहान ६ बजेदेखि नै नारायणगढ– मुग्लिन सडकखण्ड सुचारु भएको छ ।
चितवन प्रहरीले दिएको जानकारी अनुसार हालसम्म सडकमा कुनै अवरोध छैन ।
यस खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सुरक्षित यात्रा गर्न चितवन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।






















