काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गरी पुननिर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्य गर्न कोष स्थापना गरिएको छ । यी कार्य तत्काल व्यवस्थित र प्रभावकारी बनाउन उद्देश्यले नेपाल सरकारको असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी भएको र उक्त गठन आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यको लागि स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो । कोषमा योगदानका लागि नेपाल सरकारद्वारा आग्रह गरिएको छ ।
नेपाल सरकारले अनुरोध गर्दै भनेको छ, ‘मिति २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ। त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ। नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह निजी क्षेत्र स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन नेपाल सरकार सबैमा हार्दिक आब्हान गर्दछ। यस्तो आर्थिक सहायता क्रम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने छ।’
यस्तो छ सरकारको विज्ञप्ति





















