Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

मन्त्रालयमै बास बस्न थालेका मन्त्री पुनको ३ वटा निर्देशन, अब हरेक विद्यालयमा एक कम्प्युटर शिक्षक अनिवार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मन्त्री भनेर बधाई नभन्नुहोला, कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला भनेर उद्घोष गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले मन्त्रालयमै बास बसेर २४ सै घण्टा काम गर्ने उद्घोष गरे । मंगलबारदेखि पुनलाई मन्त्रालयमै किचन र बासको व्यवस्था गरिएको छ । उनले अनावश्यक फोन नगर्न पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

उनले मन्त्रालयमै बास बस्ने निर्णयसँगै अन्य तीनवटा निर्देशन गरे । उनले आफैंले आज मैले काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु भनेर उल्लेख गरेका छन् ।

हरेक विद्यार्थीलाई कम्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उदेश्यसहित यस्ता छन् उनले गरेका तीन निर्णयः

१. नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने ।

२. केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्यरूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमामै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरि दिने । राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्।

३. त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरु नकाट्ने) सफा गरि सुन्दर बँगैचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।

Health Tips Ad Road Block