काठमाडौँ । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दशैं स्किम घोषणा गरेको छ । यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो क्याम्पेन अन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप पाउने व्यवस्था गरिएको छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यस अवसरमा भने, “दशैं नेपाली परिवारका लागि खुसी, एकता र नयाँ सुरुवातको पर्व हो । यो ‘ग्राण्ड दशैं स्किम’ मार्फत हामी हाम्रो उपभोक्ताको खुसीलाई अझ स्मरणीय बनाउन चाहन्छौँ, जहाँ उनीहरूले उपहार जित्ने रोमाञ्चक अवसरसँगै परिवारसँगको क्षणलाई दीर्घकालीन सम्झनामा परिणत गर्न सकून् ।”
ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल खरिद गर्दा तलका तीन श्रेणीका उपहार जित्ने अवसर पाउनेछन् –
साप्ताहिक बम्पर लक्की ड्रः शाओमी १५ अल्ट्रा (प्रत्येक सातामा १ विजेता)
साप्ताहिक लक्की ड्रः शाओमी प्याड ७ (प्रत्येक सातामा १ विजेता)
दैनिक लक्की ड्रः रेडमी प्याड २ (प्रत्येक दिन १ विजेता), रेडमी बड्स ५ए (प्रत्येक दिन ३० विजेता), रेडमी वाच ५ एक्टिभ (प्रत्येक दिन १० विजेता)
यस योजनामा सहभागी हुन ग्राहकहरूले कुनै पनि शाओमी मोबाइल अधिकृत बिक्रेता तथा जुनसुकै मोबाइल बिक्रेताबाट खरिर्द गर्न सक्नेछन् । खरिदपश्चात् प्रदान गरिएको युनिक क्युआर कोड स्क्यान गरी आफ्नो डिभाइसको आइएमइआइ नम्बर प्रमाणीकरण गर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ गरेर उपहार जित्ने मौका पाउन सकिने कम्पनीले जनाएको छ ।
यो योजना कार्तिक ५, २०८२ (अक्टोबर २१, २०२५) सम्म देशभरका अधिकृत शाओमी बिक्रेता तथा सबै मोबाइल बिक्रेताहरुमार्फत लागू हुने कम्पनीले जनाएको छ ।






















