Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भदौमा तिर्नुपर्ने कर असोजसम्ममा तिर्न सकिने, सरकारले एक महिना थप गर्यो तिर्ने अवधि

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सरकारले गत भदौ २५ गतेभित्र तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने अवधि एक महिना थप गरेको छ । अर्थ मन्त्रालयले एक विज्ञप्तिमार्फत भदौ २३ र २४ गते भएको देशव्यापी आन्दोलनका कारण देशमा कफ्र्यू तथा निषेधाज्ञा लागू भएकोले उक्त अवधिमा कार्यालयहरु बन्द भएको र करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएकोले सो कुरालाई ध्यानमा राख्दै भदौ २५ गतेसम्म पेश गर्नुपर्ने साउन मसान्तसम्मको मासिक मूल्य अभिवृद्धि दर, अन्तः शुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम असोज २५ गतेसम्म दाखिला गर्न सकिने जनाएको छ । भदौ ३१ गतेको नेपाल सरकार (अर्थमन्त्रीस्तरबाट) सो निर्णय गरेको अर्थ मन्त्रालयका प्रवक्त टंक प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

थपिएको अवधिमा कर दाखिला गरेमा कुनै बिलम्ब शुल्क, शुल्क ब्याज, थप दस्तुर वा जरिवाना नलाग्ने पनि अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block