काठमाडौं । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेको र प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा आज सरकारले शोक मनाउँदै छ । मृतकहरुको सम्मानस्वरूप आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ ।
प्रदर्शनमा प्रहरीको गोली लागेर पहिलो दिनमै १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा भदौ २४ गते मुलुकभर झन् ठूलो प्रदर्शन भयो । यो दुई दिने प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरी हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ । सरकारी तथा निजी संरचनामाथि तोडफोड र आगजानी भएर अर्बाैंको क्षति भएको छ ।
प्रदर्शनकाक्रममा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।






















