Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदै, यस्तो छ महत्व !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज असोज १ गते आश्विन सक्रान्तीका दिन देशभर विश्वकर्मा पूजा मनाइँदै छ । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजामा आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार, घरमा रहेका अन्य औजार उपकरणको पूजा गरिन्छ । उद्योग–धन्दा, कारखाना, पसल, मेसिनरी, औजार, सवारीसाधनदेखि लिएर भवन निर्माणका उपकरणसम्म तथा घर, भवन, मन्दिर, मेसिन, औजार र सम्पूर्ण प्रविधिले मानव जीवनलाई सहज, सुरक्षित र सम्पन्न बनाउनका लागि सहयोग गरेको आधारमा धुमधामका साथ पूजा गर्ने गरिन्छ । सृजनात्मक कर्मको मूल स्रोत र प्रेरणादायी शक्ति विश्वकर्मा भगवानलाई मानेर यो पूजा गर्ने गरिन्छ ।

यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ, किनकि यो दिन भगवान् विश्वकर्माको जन्म भएको विश्वास गर्ने गरिन्छ । मजदुर, शिल्पकार, सिकर्मी, डकर्मी, व्यापारी, प्राविधिक, इन्जिनियर, कलाकार लगायत आ–आफ्नो क्षेत्रमा व्यक्तिले यस दिनलाई विशेष श्रद्धा र भक्ति भावका साथ मनाउने गर्दछन् ।

यो दिन नयाँ सवारीसाधन खरिद गरी विभिन्न शक्ति पीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भिड लाग्ने पनि गर्दछ । सत्ययुगमा स्वर्गलोकको निर्माण, त्रेता युगमा रावणको राजधानीको निर्माण, द्वापर युगमा भगवान् श्रीकृष्णको नगरी द्वारकाको निर्माण र कलियुगमा जगन्नाथ मन्दिरका विशाल मूर्तिहरूको निर्माण गरेको विश्वास गरिन्छ । आज पूजा गर्दा काममा आउने सबै बाधा–अड्चन हट्ने, उद्योग–व्यवसायमा प्रगति हुने, सवारीसाधनमा दुर्घटना कम हुने तथा परिवारमा समृद्धि र शान्ति स्थापित हुने जनविश्वास रहेको छ ।

विश्वकर्मा पूजा गर्नाले प्रत्येक व्यक्तिलाई प्राकृतिक ऊर्जा मिल्ने, धन धान्य हुने र काममा आउने सबै बाधा अड्चनहरूलाई हट्ने विश्वास गरिन्छ ।

Health Tips Ad Road Block