काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रतिनिधिबीच वर्तमान देशको जटील अवस्थाका विषयमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलसँगको सामुहिक छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा, देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखेका छन् । छलफलमा उनले देशको अर्थतन्त्र खस्किदै गएको बताउँदै सरकारले व्यवसायीहरुको मनोबल बढाउने खालका नीतिहरुल्याउनु पर्ने बताए । अध्यक्ष चौधरीले लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेण्ट हुनु पर्ने, नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढ्ने भन्दै नेपालको अटोमोवाइल क्षेत्रले भन्सार राजश्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमताका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको बताएका थिए । उनले नाडाले सरकारसँग सहकार्य गरेर अघि बढन चाहेको बताए ।
चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाको तर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाटज्ष्चभ एगचअजबकभ ीयबलप्रवाह गर्ने प्रकियामा ीयबल तय ख्बगिभ च्बतष्यमा हाल ६० प्रतिशतको सिमा लाई बढाएर८०५पु¥याउनु पर्ने सुझाव समेत दिनु भयो ।
सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक विगे्रको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताउनु भयो । त्यसैगरी नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसंग छलफल गरिने बताउनु भयो ।
छलफलमा अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका लस र डयामेजको तथ्याङ्क संकलनगरी समुचित कदम चालिने बताएका छन् । मन्त्री खनालले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै करमा के–के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन समेत दिए । खनालले आन्दोलनले अटोमोवाइल क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको बबताउँदै आपूm व्यवसायीहरुको सिधा सम्पर्क रहने बताए । करका सम्बन्धमा धेरै सुझावहरु आएको सन्दर्भमा यसबारे क्याविनेटमा छलफल गरिने उनले बताए ।
छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति लगायतको उपस्थिति रहेको थियो ।






















