काठमाडौँ । यसपालीको विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ बजे रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले मङ्गलबार एक विज्ञप्ति सार्वजनिक गरी विजया दशमीको टीकाको शुभ साइतबारे सार्वजनिक गरेका हुन् ।
असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेट, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ बजेर १७ मिनेट र स्थिरासन ९ बजेर २३ बजे शुभ साइत रहेको समितिले जनाएको छ ।























