Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

असोज महिनाका लागि ९ वाणिज्य बैंकको ब्याजदर घट्दा ९ वटाको यथावत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार ९ वटाले ब्याजदर अझै घटाएका छन् भने ९ वटाको ब्याजदर यथावत रहेको छ । २ वटाले भने ब्याजदर बढाएका छन् । भदौ महिनामा ५.५७७ प्रतिशतविन्दु रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर असोजमा घटेर ५.४६३५ प्रतिशत विन्दुमा झरेको छ । यो ०.११ प्रतिशत विन्दुले घटेको हो ।

२० वाणिज्य बैंकहरुमध्ये भदौ महिनाको तुलनामा असोज महिनाका लागि प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएका छन् । सिटिजन्स बैंक र एनआईसी एशिया बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएका छन् भने कुमारी बैंकले ०.२ प्रतिशत विन्दुले घटाएको छ । असोजका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपको अधिकत्तम ब्याजदर बढाएका छन् । यी दुई बैंकले क्रमश ०.२५ प्रतिशत विन्दु र ०.०५ प्रतिशत विन्दुले ब्याजदर बढाएका हुन् ।

बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई यथावत राखेका छन् ।

Health Tips Ad Road Block