Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भोलिदेखि बिपी राजमार्ग २४ घण्टा चल्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वर्षा सुरु भएसँगै जोखिम रहेको भन्दै रातिको समयमा गाडी सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग भोलिदेखि पूर्णरुपमा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दशैंं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजनाबमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

राजमार्गमा गत असार पहिलो सातादेखि रातिको समयमा सवारीसाधन आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।

Health Tips Ad Road Block