skip this News Page Tips Ad Road Block

लुटपाट गरिएको ३३ लाख ७० हजारसहित २७ जनालाई नेपाली सेनाले समात्यो, ३१ नाल म्यागजिन र गोलिगठ्ठा बरामद

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङ्खल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरेको छ ।

भदौ २४ गते रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात भदौ २५ गतेको बिहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको छ । साथै ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार बरामद गरिएको सेनाले जनाएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरेका पनि सेनाले जनाएको छ । साथै २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरेको सेनाले एक सूचना जारी गरी बताएको छ ।

Health Tips Ad Road Block