Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेनजी प्रदर्शनःकर्फ्युको अवज्ञा गर्दै काठमाडौंका चोकचोकमा चर्काे आन्दोलन, प्रदर्शनकारी भन्छन्–हाम्रा छोरानातीको मृत्यु कसरी सहने ?(फोटोफिचर)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौं उपत्यकाभरकै कर्फ्यु आदेशको अवज्ञा गर्दै बिहानैदेखि चोकचोकमा स्वतस्फूर्तरुपमा आन्दोलन चर्किरहेको छ । प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले पक्राउ पनि गर्न थालेको छ ।

हामीले काठमाडौंको मुख्य नाका कलंकीको स्थलगत अवलोकन गर्दैगर्दा चोकको चारैतर्फ प्रदर्शनकारी बिहानैदेखि टायर बालेर नाराजुलुससहित आन्दोलन गरिरहेका छन् । उनीहरुले हालका प्रमुख तीन दलका शिर्ष नेताहरुलाई गाली गलौच गर्दै नाराबाजी चर्काएका छन् र सरकारको विरोध गरिरहेका छन् ।

खुनको बदला खुन हुनुपर्ने उनीहरुको माग रहेको छ । प्रदर्शनकारीले आन्दोलनलाई निष्कर्षमा नपुर्याइ नछाड्ने चेतावनी दिएका छन् ।

देशभर नै आन्दोलन भुषकाे आगोझैं फैलिएको छ ।

Health Tips Ad Road Block