Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको चक्रपथभित्र कर्फ्यु, हेर्नुहोस् कुनकुन क्षेत्र ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान साँढे आठ बजेदेखि लागु हुने गरी काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । एक सूचना जारी गर्दै स्थानीय प्रशासनले सो आदेश गरेको हो ।

सूचनामा अर्को आदेश नभएसम्मका लागि लागु हुने भनेर भनिएको छ । सूचनामा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।’

काठमाडौं महानगरपालिका चक्रपथ क्षेत्रभित्र कहाँ–कहाँका लागि हो आदेश ?

काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भाग।

कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाएका छन् ।

Health Tips Ad Road Block