काठमाडौं । सोमबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जेनजी पुस्ताले गरेको आन्दोलनकाक्रममा प्रहरीको गोली लागेर १६ जनाको मृत्यु भएको छ ।
आन्दोलनकाक्रममा गोली लागेर घाइते उनीहरुको विभिन्न पाँचवटा अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको हो ।
ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ३ जना, काठमाडौं मेडिकल कलेजमा १ जना, एभरेष्ट अस्पतालमा ३ जना, त्रि वि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
घाइतेको एकिन विवरण आइसकेको छैन । उनीहरुको यीनै अस्पतालमा उपचार भइरहेको छ ।
यतिबेला देश नै शोकमा रहेको छ ।
नयाँ बानेश्वर आसपासमा कर्फ्यु आदेश जारी छ । यद्दपी जेनजी युवाको प्रदर्शन जारी छ ।






















