Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

भट्टराईको अध्यक्षतामा आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमिति निर्वाचित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भागवत भट्टराईको अध्यक्षतामा नेपाल आर्थिक पत्रकार समाज(सेजन)को नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिबार सम्पन्न २७ औं साधारण सभा एवं निर्वाचनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । भट्टराईले ११० मत प्राप्त गरे । उनका प्रत्यासी विश्वास रेग्मीले ९२ मत र आशा थपलियाले ४१ मत प्राप्त गरे । समाजकाे निवर्तमान अध्यक्ष सुजन ओली हुन् ।

उपाध्यक्षमा जीवन कुमार बस्नेत निर्विरोध निर्वाचित भएका छन् । यता महासचिवमा कमल कुमार बस्नेत १३९ मतसहित निर्वाचित भए । उनका प्रत्यासी अच्यूत पुरीले १०४ मत प्राप्त गरे । सचिवमा शंकर प्रसाद पण्डित निर्विरोध निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा केशु लामिछाने १३३ मत प्राप्त गरेर निर्वाचित भइन् । उनका प्रत्यासी ममता थापाले १०८ मत प्राप्त गरिन् । सदस्यहरुमा अर्जुन तामाङ (१४१), कमल धिताल (१८५), भोजराज भण्डारी (१४७), राजु बास्कोटा (१५९), सीमा तामाङ (२००) मत प्राप्त गरेर निर्वाचित भए । सदस्यका प्रत्यासी भर बहादुर रावलले १३१ मत प्राप्त गरे ।

Health Tips Ad Road Block