काठमाडौँ । सरकारले सरकारी स्वामित्वका नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा एकैसाथ नयाँ अध्यक्ष दिएको छ । मन्त्रीस्तरीय निर्णयबाट नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल र नेप्सेको अध्यक्षमा हेमन्त बस्याललाई नियुक्त गरेको हो ।
नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष पौडेलले यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक, हेटौँडा सिमेन्टको महाप्रबन्धकको भूमिकामा रहेर काम गरिसकेका छन् भने नेप्सेमा नवनियुक्त अध्यक्ष बस्यालले यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।






















