Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पर्वतीय पर्यटनमा पिएचडी गरिरहेका कुल गुरुङ एनएमएको अध्यक्षका उम्मेदवार, यस्ता छन् समूहका सशक्त उम्मेदवारहरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालको पर्वतीय पर्यटनमा मलेसियाको लिड्कन विश्ववि‌द्यालयबाट विद्यावारिधि गरिरहेका कुलबहादुर गुरुङ नेपाल पर्वतारोहण सङ्घको अध्यक्षको उम्मेदवार बनेका छन् । तीन दशकभन्दा लामो समय नेपालको पर्वतीय पर्यटनमा क्रियाशिल धादिङ रुवीभ्यालीका गुरुङ भोलि (भदौ ७) गते हुन लागेको सङ्घको चुनावमा अध्यक्षका उम्मेदवार बनेका हुन् ।

ुहिमाल हाम्रो गौरव नेतृत्व हाम्रो पहिचान, सशक्त संघ दिगो पर्वतीय पर्यटनु, नारा लिएर चुनावी मैदानमा उत्रिएका गुरुङले बिहिबार एलिस रिसेप्सनमा भव्य कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा गुरुङले आफ्नो समूहलाई मतदाताले सहयोग गर्ने निश्चित भएकाले चुनाव पनि आफ्नै समूहले जित्ने निश्चित भएको बताए । उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि रहेर काम गरेका अनुभवी र सक्षम व्यक्ति उम्मेदवार भएको भन्दै कार्यक्रममा सबै उम्मेदवारहरुको बारेमा छोटकरीमा परिचित गराएका थिए ।

गुरुङ समूहको नेतृत्वमा तयार भएको आरोही, समावेशी र व्यवसायी उम्मेदवारहरु समेतले आफूहरुलाई मतदान गर्न उपस्थित मतदाताहरुलाई आग्रह गरेका थिए । नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सफल गुरुङ सन् १९९२ देखि पर्यटन क्षेत्रमा क्रियाशील छन् ।

एनएमएको महासचिव भएर काम गरिसकेका गुरुङ ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) मा उपाध्यक्ष समेत भइसकेका छन् । विश्व पर्वतारोहण महासंघलगायत अन्य थुप्रै पर्यटन संस्थाहरूमा समेत संलग्न गुरुङको परिचय व्यवसायीको रुपमा मात्र सिमित छैन, उनी बौ‌द्धिक एवं प्राज्ञिक व्यक्तित्वको रुपमा पनि परिचित छन् ।

नेपालको पर्वतीय पर्यटनको विषयमा मलेसियाको लिङ्ङ्कन विश्ववि‌द्यालयबाट वि‌द्यावारिधि गर्दै गरेका गुरुङ शिक्षण, प्रशिक्षण तथा तालिमकर्ता पनि हुन् । उनी किवानियन र रोटरियन पनि हुन् । किवानेश इन्टरनेशनल नेपालको नेपालभरिकै एक मात्र मास्टर ट्रेनर गुरुङले पब्लिक स्पिकिङ, मोटिभेशनल स्पिकर, इन्स्पिरेशनल स्पिकर तथा लाइफ कोचको रुपमा पनि काम गर्दै आएका छन् । गुरुङले पर्वतीय पर्यटन क्षेत्रको विकासको लागि सुत्रबद्ध रुपमा एजेन्डाहरुलाई अगाडी सारेका छन् । उनले हाल विद्यमान आरोहण फोहोर धरौटी रकम फिर्ता गर्ने प्रणाली र फोहोर व्यवस्थापन सम्बन्धी वास्तविक, व्यवहारिक, प्रभावकारी र दिगो व्यवस्थापन कार्यमा जोड दिइने बताएका छन् ।

ग्रीन गाइडलाइन कडाइका साथ पालना गर्न उचित पहल गरीने, जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने र जलवायु कुटनीतिमा नेपालको नेतृत्वकारी भूमिका सुनिश्चित गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पहल गरीने उनले बताए ।

गुण्डले हिमालसँग सम्बन्धित स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिइने, अफ सिजन र कम पौरेचित शिखरहरूको प्रवद्र्धन गरेर पर्यटन लाभको समान वितरण सुनिस्थित लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिने, गाईड, शेर्पा र उच्च हिमाली श्रमिकका लागि तालिम, बीमा, स्वास्थ्य, कानूनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रस्ताव तयार गरी कार्यान्वयन गर्न लाग्ने उल्लेख गरे ।

यसैगरी हिमाल आरोहणका क्रममा दिवंगत श्रमिकका परिवारका लागि विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति, व्यावसायिक तालिम र आयस्रोतमुखी सीप विकासको कार्यक्रम लागू गर्न पहल गरिने बताए ।

पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना गरिने, मनाड पर्वतारोहण तालिम वि‌द्यालय, अन्नपूर्ण उद्‌धार केन्द्र र ककनी अन्तर्राष्ट्रिय पर्वतारोहण स्मृति पार्कको स्तरोन्नति गरिने बताइएको छ। यस्तै अन्य हिमाली क्षेत्रमा नयाँ तालिम तथा उद्‌धार केन्द्र स्थापना गर्न पहल गरिने, महिला पर्वतारोहण पहल, युवाका लागि अन्तर्राष्ट्रिय छात्रवृति र विशेष सीप विकास कार्यक्रम सञ्चालन गरिने, प्रदेश र स्थानीय सरकार तथा स्थानीय सरोकारवालासँग सहकार्य गरेर पूर्वाधार विकास र तालिम कार्यक्रम सञ्चालन गरिने गुरुङले बताए । उनले नेपालका हिमाललाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्दै प्रचार(प्रसार गर्ने र वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने बताए ।

को–को छन् गुरुङ समूहमा ?

गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमल कुमार नहर्की उम्मेदवार  छन् । यसैगरी सचिवमा डिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा उम्मेदवार छन् ।

सदस्यमा पुस्कर शाह, बालबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश आमा, लालबहादुर जिरेल, नई छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङले उम्मेदवारी दिएका छन् ।

Health Tips Ad Road Block