Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वर्षकै बेस्ट अफरसहित वीरगञ्जमा टाटा ईभी अटो शो आजदेखि सुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक)ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ। अगस्ट २२ देखि २४ सम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहनेछ।

अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ। अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्कहोम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्।

यस अटो शोमा प्रदर्शित EV मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.evर Tiago.ev रहेका छन्।

यससँगै अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ, जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिनेछ।

कार्यक्रम आयोजक प्राइम अटो ट्रेडर्स र सिप्रदी ट्रेडिङका अनुसार यो अटो शोले वीरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने जनाएको छ।

Health Tips Ad Road Block