काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध हुने भएको छ । छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रालि र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले स्काइ ब्रोडब्याण्ड प्रालिको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५०० छुट प्राप्त गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जानकारी दिएका छन् ।
बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।