Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकद्धारा दुई मनिचेञ्जरको इजाजतपत्र रद्द

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले युनियन करेन्सी एक्सचेन्ज प्रालि र केटीएम ओम मनि एक्सचेन्ज प्रालिको इजाजतपत्र रद्द गरेको छ । काठमाडौं–२६ को मित्रनगरमा रहेको युनियन करेन्सी र ठमेलमा रहेको केटिएम ओमको इजाजतपत्र रद्द भएको हो ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार उनीहरुले नविकरण गर्न नसकेका हुन् । विभागले सूचनामा भनेको छ, ‘यस बैंकबाट मनिचेञ्जर कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका देहायबमोजिमका मनिचेञ्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’

Health Tips Ad Road Block