Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाएको छ ।
हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै विश्व फोटोग्राफी दिवस मानाउँदै आए सस्थाले यस वर्ष उक्त दिवसको उपलक्षमा यस वर्ष एनएफपिजे नेपालले सस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको Flight and Frame नामक एकल फोटो प्रदर्शनी गरेको हो ।

भदौ ३ गते अगष्ट १९ विश्व फोटोग्राफी दिवसको अवसर पारेर काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी गरेकोको उक्त प्रर्दशनीमा अध्यक्ष वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटो पत्रकारको काम गर्दा हवाइजहाजवाट नेपालका विभिन्न जिल्लाको भौगोलीक तथा पर्यटकीय क्षेत्रको फोटो कैद गरका ६० वटा फोटाहरू प्रदर्शनमा राखिएको थियो ।

राष्ट्रिय फोटोपत्रकार समूहले पहिलो पटक यसरी एकल फोटो प्रर्दशनी आयोजना गरेको हो। आगामी दिनमा यसै गरि अन्य सदस्यहरुको पनि एकल फोटो प्रर्दशनी गर्दै जाने बताएकाे छ । फोटो पत्रकार वन्त राष्ट्रिय समाचार समिति राससका सिनियर फोटो पत्रकार पनि हुन् ।

कार्यक्रममा मुख्य अतिथिहरु संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकारहरु मिनरत्न बज्रचार्य,कविन्द्रमान शाक्यले संयुक्तरुपमा उद्घाटन गरेका थिए भने उक्त कार्यक्रममा संस्थाका सदस्य लगायत फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रम सर्वसाधारणलाई नै लक्षित गरेर हनुमानढोकामा प्रर्दशनी आयोजना गरेको अध्यक्ष वन्तले बताए साथै उक्त प्रर्दशनीमा स्थानीय व्यक्ति, स्थानीय पर्यटक तथा विदेशी पर्यटकहरु पनि प्रर्दशनी हेर्दै रमाइ रहेका थिए ।

प्रदर्शनीले फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्नेछ भन्ने विश्वास लिएर नै हामीले यसवर्ष अध्यक्षको एकल फोटो आयोजना गरेको महासचिव घनस्याम श्रेष्ठले बताए ।

Health Tips Ad Road Block