Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पेट्रोलको मूल्य घट्यो डिजेल र मट्टितेलकोे बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बजारमा पेट्रोलको मूल्य घटेको छ भने डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले आज बिहानैदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर अमेरिकी डलर २१ ले बढाएको निगमले जनाएको छ । यता हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको छ। खाना पकाउने एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमको भनाइ छ।

इण्डियन आयल कर्पोरेशनबाट जुलाई ३१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.८७ ले घटेर तथा डिजेलमा ३.५० ले र हवाई इन्धनमा ३.०६ ले बढेर आएपछि स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा मूल्यमा थपघट गरेको निगमले स्पष्ट पारेको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा, दिपायलका उपभोक्ताले पेट्रोल एक लिटरका १५९ रुपैयाँ तथा डिजेल एवं मट्टितेल एक लिटरका लागि १५० रुपैयाँ तिर्नुपर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले क्रमशः १५६ र १४७ रुपैयाँ  त्यस्तै दाङ, सुर्खेतका उपभोक्ताले १५८ र १४९ रुपैयाँ तिर्नुपर्नेछ ।

Health Tips Ad Road Block