Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निजामती कर्मचारी संगठनद्धारा आयोजित सहिद मनोज-झपेन्द्र-सुरेन्द्र स्मृति दिवस भव्यरुपमा सम्पन्न, सम्मान तथा पुरस्कार वितरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा आयोजित“सहिद स्मृति मूल समारोह, उत्कृष्ट कार्य समिति घोषणा, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम” भव्यरुपमा सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको आयोजनामा भएको कार्यक्रम बिहीबार काठमाडौंमा सम्पन्न भएको हो । केन्द्रीय अध्यक्ष भवानी न्यौपाने दाहालको अध्यक्षता र नेकपा (एमाले) का महासचिव शंकर पोखरेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सहिद परिवार सुरेन्द्र वि.क.का सुपुत्र नविन विश्वकर्मासहित अन्य आतिथिहरु सहभागी कार्यक्रमको संचालकः महासचिव रामचन्द्र अधिकारीले गरेका थिए । संगठनका अनुसार सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा आयोजित विभिन्न कार्यक्रमको सम्मान तथा पुरस्कार वितरण गरियो ।

क.राष्ट्रब्यापी रनिङ्ग शिल्ड हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्ने जिल्ला/विभागीय कार्य समितिहरुलाई पुरस्कार, ट्रफि र प्रमाण पत्र वितरण गएिको थियो ।

त्यसअनुसार क्रमशः

१) प्रथम –संघीय संसद सचिवालय – तारा खतिवडा/छविराज ढुगाना/दिपक काफ्ले

२) द्वितीय –महान्यायाधिवक्ताको कार्यालय– सञ्जिव पण्डित /डिजे बजगाई/पार्कल देवान

३) तृतीय भक्तपुर जिल्ला कार्य समिति– अनुजा पौडेल/ गिरिजा प्र. चौलागाइ/ईश्वर काफ्ले

४) चौथो –शिक्षा विभागीय कार्य समिति– प्रशान्त भट्टराई/सलिना कार्की/ पुष्पा के.सी.

ख. उपत्यका स्तरिय कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान प्राप्त गर्ने

१) प्रथम – अन्जु न्यौपाने, कुमारीचोक अड्डा

२) द्वितीय –गोविन्द न्यौपाने, पर्यटन विभाग

३) तृतीय – निरज दहाल, संघीय संसद सचिवालय

ख. अन्तर ट्रेड युनियन पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय हुने

१) प्रथम – नेरानिकस टिम कृष्ण सलामी/ठगेन्द्र राना

२) द्वितीय – नेनिकयु टिम सिद्धराज ओझा/ रमेश उपरकोटी

ख. अन्तर ट्रेड युनियन महिला डबल ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय हुने

क) प्रथम – आयोजक नेपाल निजामती कर्मचारी संगठन टिम श्री सरिता कटुवाल/भवानी सापकोटा

ख) द्वितीय – नेरानिकस टिम शारदा विष्ट/ सरुणा थापा ’

संगठनमा लामो समयमा व्यतित गर्दै निजामती प्रशासनमा सेवा निवृत्त निवर्तमान तथा पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान गरिएकाहरूमा निवर्तमान अध्यक्ष लेखनाथ कोइराला ने.नि.क.संगठन अवकास प्राप्त, निवर्तमान कोशी प्रदेश इन्चार्ज लक्ष्मी प्रसाद गुरागाई ने.नि.क.संगठन अवकास प्राप्त, निवर्तमान सचिवालय सदस्य: अशोक पोखरेल ने.नि.क.संगठन अवकास प्राप्त, निवर्तमान केन्द्रीय सदस्य:– बुद्धि बहादुर घिमिरे ने.नि.क.संगठन अवकास प्राप्त, निवर्तमान केन्द्रीय सदस्य:– फणिन्द्र प्रसाद खनाल ने.नि.क.संगठन अवकास प्राप्त, पूर्व केन्द्रीय सदस्य:– रुक्मिणी अधिकारी ने.नि.क.संगठन अवकास प्राप्त, पूर्व केन्द्रीय सदस्य:– निलकण्ठ पौडेल ने.नि.क.संगठन अवकास प्राप्त रहेको संगठनले जनाएको छ ।

उपसचिव वढुवा भएकाहरूलाई पनि सम्मान गरिएको थियो । जसमा केन्द्रीय सदस्य अनुप ढकाल, केन्द्रीय सदस्य सुरेन्द्र बहादुर शाही, केन्द्रीय आयोग सदस्य खगेन्द्र बर्देवा, निवर्तमान सचिवालय सदस्य पुष्पराज जोशी, निवर्तमान केन्द्रीय सदस्य रमेश भट्टराई, अर्थ विभागीय कार्य समितिको अध्यक्ष चुरामणी अर्याल र महान्याधिवक्ताको विभागीय कार्य समितिको सचिव सुवास भट्टराई रहेका छन् । विशेष सम्मानः शान्ता चौधरी (८ बर्षको उमेरदेखि कमलरीमा रहेको कमलरी मुक्त भएपश्चात् राजनितीको यात्रा संविधान सभा सदस्य र सभाको प्राकृतिक स्रोत तथा साधन समिती प्रमुख, नेकपा एमाले सचेतक हुँदै हाल नेकपा एमाले पोलिट्ब्युरो सदस्य, ४० वर्षमा एसएलसी हाल स्नातक तृतीय वर्षमा अध्ययनरत, स्वरोजगार उद्यमी शान्ताको अचार उत्पादक रहेकी छन् ।

उत्कृष्ट कार्य समितिहरु घोषणा र प्रमाणपत्र वितरण तथा सम्मानमा देहाय बमोजिम रहेको संगठनले जनाएको छ ।

१) कोशी प्रदेशबाट – जिल्ला कार्य समिति, इलाम

२) मधेश प्रदेशबाट – जिल्ला कार्य समिति, पर्सा

३) बागमती प्रदेशबाट – जिल्ल्ला कार्य समिति, ललितपुर

४) गण्डकी प्रदेशबाट – जिल्ला कार्य समिति, तनहुँ

५) लुम्बिनी प्रदेशबाट – जिल्ला कार्य समिति, रुपन्देही

६) कर्णाली प्रदेशबाट – जिल्ला कार्य समिती, कालीकोट

७) सुदुर पश्चिम प्रदेशबाट – जिल्ला कार्य समिति, बैतडी

८) उपत्यका प्रदेशबाट – विभागीय कार्य समिति, संघीय संसद सचिवालय र विभागीय कार्य समिति, महालेखापरीक्षकको कार्यालय

प्रदेश कार्यसमितिबाट – सुदूरपश्चिम प्रदेश कार्यसमिति

त्यस अवसरमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रममा २०७ पिन्ट रक्त संकलन, सबैभन्दा बढी रक्तदान गर्ने, सहभागी सबैभन्दा बढी गराउने अर्थ मन्त्रालय विभागीय कार्यसमिती रहेकाे थियाे । बागमती करिडोर काठमाडौं तिनकुनेस्थित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति पार्कमा वृक्षारोपण गरिएको साे अवसरमा जानकारी दिइएको थियो ।

Health Tips Ad Road Block