Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पोखरामा युवाहरुकाबीच क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

पोखरा । पोखराका युवाहरुबीच सडक सुरक्षासम्बन्धी दुई दिने वर्कशप सम्पन्न भएको छ । क्यापासिटी बिल्डिङ वर्कशप अन युथ फर रोड सेफ्टी नामक सो वर्कशप गत शुक्रबार र शनिबार सम्पन्न भएको हो ।

युथ फर रोड सेफ्टी इन नेपाल अभियानको संयोजन र गण्डकी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा सम्पन्न सो वर्कशपमा ५० भन्दा बढी युवाहरु सहभागी भएका थिए । उनीहरु इन्जिनियरिङ, पर्यटन, स्पोर्ट्स, कानुन लगायतका क्षेत्रमा संलग्न रहेका थिए ।

गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठद्वारा शुभारम्भ गरिएको सो वर्कशमा युवाहरुलाई आफ्नो एजेन्डामा एड्भोकेसी गर्न सक्षम बनाउने, सो अनुसारको कार्य योजना बनाई कार्यान्वयन गर्न सक्ने बनाउने, लक्ष्य तथा उद्देश्य तय गर्न सीप प्रदान गर्ने र कुनै पनि युवा अभियानको लक्ष्य निर्धारण गर्न सिकाउने एवम् गण्डकी प्रदेशमा आगामी दिनमा गरिने केही कार्यक्रमहरुको कार्ययोजना बनाउन सिकाउने उद्देश्यले सो वर्कशप आयोजना गरिएको हो ।

युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले सञ्चालन गरेको सो वर्कशपमा गण्डकी विश्व विद्यालयका असिस्टेन्ट प्रोफेसर सोनाम लामा, मोटर स्पोर्ट्सको विश्वव्यापी संस्था एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई तथा नेपाल अटोमोबाइल्स एसोसिएसन, मार्सल तथा टेनिङ कमिसनका सचिव आशीष रौनियार लगायत वक्ताहरु रहेका थिए ।

गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठले यस प्रकारको सडक सुरक्षासम्बन्धी जानकारीमूलक कार्यक्रम आगामी दिनमा विभिन्न शैक्षिक संस्थाहरुमा गरिने योजना रहेको जानकारी दिदै यस प्रकारका कार्यक्रमबाट युवाहरु सडक सुरक्षा वारेमा आवश्यक कार्य गर्न सक्षम हुने अपेक्षा रहेको बताए ।

गण्डकी विश्व विद्यालयका असिस्टेन्ट प्रोफेसर सोनाम लामाले विश्वविद्यालयका विद्यार्थीहरुलाई सडक सुरक्षा जस्तो अति नै संवेदनशील विषयमा प्रशिक्षण दिई नेतृत्व विकास गर्ने अवसर प्रदान गर्नु खुसीको कुरा भएको बताउदै गण्डकी जस्तो साहसिक र पर्यटकीय खेलकुदको सम्भावना भएको प्रदेशमा मोटर स्पोर्ट्सको बारेमा जानकारी पाउनु उपलब्धिमूलक भएको बताए ।

वर्कशपमा संयोजक धितालले माई एड्भोकेसी वर्क प्लान विषयमा प्रस्तुतीकरण गरेका थिए । यसमा मुलतः वस्तुस्थितिको विश्लेषण, कार्य विश्लेषण तथा कार्य योजनाको तयारी लगायतका विषयमा सहभागीहरुका बीचमा विभिन्न छलफल, प्रस्तुतीकरण, प्रदर्शन लगायतका कार्य गरिएको थियो । सहभागीहरुलाई १० समूहमा विभाजन गरी उनीहरुको समूहगत प्रस्तुति समेत गरिएको थियो । सो प्रस्तुतिका आधारमा गण्डकी विश्वविद्यालयको टिम (पिलर ५) ले उत्कृष्ट प्रस्तुतिका साथ पुरस्कृत भएको थियो । सो वर्कशपका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ भने उनीहरुको रेकर्ड नासा नेपालमा समेत राखिने छ ।

सो वर्कशपमा पोखरा महानगर खेलकुद विकास समिति तथा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दीपक गोदार समेतले युवाहरु बिचमा उत्प्रेरणामूलक मन्तव्य राखेका थिए ।

सहभागीहरुमध्ये स्पोर्ट्स म्यानेजमेन्टका विद्यार्थी तथा मिडिया एवम् पर्यटन व्यवसायी ज्ञानेन्द्र थापा, पश्चिमाञ्चल क्याम्पसका विद्यार्थी विनय कुमार साह र गण्डकी विश्वविद्यालयमा कानुनकी विद्यार्थी मनिषा काफ्लले सो वर्कशप आफूहरुका लागि निकै नै प्रभावकारी भएको र आगामी दिनमा सडक सुरक्षा तथा अन्य क्षेत्रमा समेत कार्य गर्न सहयोगी बन्ने बताए ।

सन् २०१२ मा एफआईएका तत्कालीन अध्यक्ष जन टोडको नेपाल भ्रमणको अवसरमा सुरुवात गरिएको युथ फर रोड सेफ्टी इन नेपाल एक राष्ट्रव्यापी युवा अभियान हो, जसले मोटरिङ नेपाल तथा नासा नेपालसँगको आवद्धतामा सडक सुरक्षा, सुरक्षित बालबालिका, सुरक्षित विद्यालय क्षेत्र अभियान, नेतृत्व विकास तथा खेलकुद र नवप्रवर्तनमा समेत आफूलाई प्रवेश गराएको छ ।

नेपालकै विभिन्न जिल्ला तथा शैक्षिक संस्थाहरुबाट सहभागी स्नातक तहका विद्यार्थी, राइडर्स तथा अभियानकर्ता युवाहरुको संलग्नतामा सञ्चालित सो वर्कशपले बालबालिकाको सुरक्षा, युवाको मोबिलिटी सुरक्षा तथा सुरक्षित यातायातसँगै किशोरहरुको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा व्यवस्थापकिय कौशलताको वारेमा महत्वपूर्ण छलफल र निष्कर्ष निकालेको छ ।

Health Tips Ad Road Block