skip this News Page Tips Ad Road Block

शुक्लफाँटा राष्ट्रिय निकुन्जका विस्थापित परिवारको व्यवस्थापन गरिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले शुक्लफाँटा राष्ट्रिय निकुन्ज विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी छन् । मन्त्री चौधरीले हालसम्म विभिन्न आयोगका सिफारिसहरुको अध्ययन गर्न चार सदस्य समिति गठन गर्दै विस्थापित परिवारको समस्या सम्बोधन गर्ने भएकी हुन् ।

सो समितिले एक महिनाभित्र विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि समाधानको मार्गचित्र तयार गरी समस्या समाधानका उपाय एवम तरिका सिफारिस गर्नु पर्नेछ ।

त्यसैगरी विगतका आयोगहरुको सिफारिस अध्ययन गर्नुका साथै आयोग बनाउनु पर्ने भए सो आयोगको टीओआर सहित तयार गरी पेस गर्नु पर्नेछ ।

वन्यजन्तु सिकार आरक्षदेखि राष्ट्रिय निकुन्जसँग स्तरउन्नति सम्मका गतिविधिमा निकुन्ज क्षेत्रभित्र रहेको बस्ती स्थानन्तरण गर्दाको जग्गासम्बन्धी विभिन्न समस्याहरु हालसम्म पनि समाधान हुन नसकेकाले सो निकुन्जबाट विस्थापित परिवारहरुको उचित व्यवस्थापनको लागि सो समिति गठन गरिएको मन्त्री चौधरीले बताएकी छन् ।

Health Tips Ad Road Block