Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सरकार भन्छ-अब रोजगारीका लागि भनसुन गर्नु नपर्ने, आयो श्रम मन्त्रालयको नागरिक एप र श्रम संसार पाेर्टल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बद्ध सेवाहरुलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने गरी रणनीतिक कार्ययोजना अघि सारेका छन् । मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठसँग संयुक्तरुपमा श्रम संसार र नागरिक एपबीचको साझेदारीलाई विधिवत उद्‍घाटन गर्दै मन्त्री भण्डारीले मन्त्रालयले उपलव्ध गराउने सबै सेवाहरुलाई नागरिक समक्ष पुग्ने गरी डिजिटल फ्रेमर्कको विस्तार तथा नागरिक मैत्री सुशासन अभिवृद्धि गर्न लागिएको बताए।

अबबाट नागरिक एपसँग जोडिएकोले बेरोजगार व्यक्तिहरुले श्रम तथा रोजगार सेवा प्राप्तिका लागि विभिन्न वेवसाइट चाहर्नु पर्ने तथा सेवा प्राप्तिको लागि भनसुन गर्नु पर्ने अवस्था नरहने मन्त्री भण्डारीको विश्वास छ। श्रम संसारमा कन्सुलर सेवा सहित विस्तार गरिएकोले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलव्ध भएको जानकारी समेत दिए। मन्त्रालयले आन्तरिक रोजगार, वैदेशिक रोजगार, श्रम बजार व्यवस्थापन तथा रोजगारमूलक सेवाहरुको साझा र एकीकृत सूचना प्रणालीको रुपमा रणनैतिक डिजिटल प्रणालीको विकास गरिरहेको सन्दर्भमा यसको पूर्ण कार्यान्वयनबाट सेवा प्रवाहमा देखिएको झण्झट, ढिलाइ र अस्पष्टता हट्ने मन्त्रालयको दाबी छ। मन्त्री भण्डारीले श्रमिकलाई केन्द्रमा राखेर सेवा तथा प्रविधिको विस्तार गर्न लागेको बताउँदै मन्त्री भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका प्रविधिको प्रयोग आवश्यक देखिएकोले मन्त्रालयले अघि सारेको सूचना प्रणालीमा आवश्यक सुधारका लागि सञ्चार माध्यम तथा पत्रकारलाई अनुरोध गरेका छन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगको सदस्य डा. श्रेष्ठले डिजिटल पद्दतिको विकास गर्दै जाँदा नागरीकले सेवा प्राप्तिका गर्दा डिजिटल व्यारियर नबनोस् भनेर मन्त्रालय सजग बन्नु पर्ने धारणा व्यक्त गरेका छन्। सोह्रौं योजनाको कार्यान्वयनका लागि सूचना प्रणालीको महत्वपूर्ण भूमिका रहेकोले मन्त्रालयले प्रविधिको विकास र विस्तारमा ध्यान दिएकोमा खुसी व्यक्त गरेका छन्। कार्यक्रममा मन्त्रालयको रणनीतिक डिजिटल रोडम्याप र कार्ययोजनाको प्रस्तुत गर्दै श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले सन् २०३० भित्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी सूचनाहरुलाई एकीकरण गर्दै नागरिकलाई सेवा प्रवाह गर्दा कृतिम बौद्धिकता र मेसिन लर्निङ्ग जस्ता उच्च प्रविधिको प्रयोगलाई जोड दिइएको बताए।

कार्यक्रमको अध्यक्षता गरेका आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले अबको श्रम तथा रोजगार सेवा प्रविधिमा आधारित हुने र यसको लागि नीतिगत र कानुनी सुधारको बाटो अगाडि बढाइ सकिएको बताए।

Health Tips Ad Road Block