Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कृषि व्यवसायीका समस्या हल गर्न जुटे व्यवसायीहरु, कृषि उद्यम केन्द्रले लियो पहलकदमी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि व्यवसायीका समस्या हल गर्न व्यवसायीहरु जुटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रले वर्तमान कृषि क्षेत्र तथा कृषि व्यवसायका नितिगत समस्याका सन्दर्भमा सरोकारवालाहरुसँग निरन्तर छलफल गरी समाधानका उपाय खोजी गर्न थालेको हो ।

महासंघमा कार्यक्रम राखेर केन्द्रले सबै व्यवसायीहरुका तर्फबाट आ–आफ्नो क्षेत्रको समस्याबारे विषय राख्न लगाएको हो । छलफलमा कृषि क्षेत्रलाई सरकारले पहिलो प्राथमिकताम राख्नु पर्ने, कृषि उद्यम केन्द्रले अध्ययन गरी सम्बन्धित निकायमा लबिङ गर्ने विषयलाई अधिकाँशले जोड दिए । विशेषतः मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाएर औधोगिक विकाससँगै देशको दिगो विकासतर्फ लाग्न सकिने उपस्थितहरुको सुझाव रहेको छ ।

कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतको सभापतित्व एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा उपाध्यक्ष ढकालले सबै किसिमका समस्यालाई नेपाल उद्योग वाणिज्य महासंघले गम्भीरताका साथ लिने भन्दै समस्या समाधानका लागि महासंघले पहलकदमी लिने बताएका छन् ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति बस्नेतले छलफलमा उठेका विषयलाई कृषि उद्यम केन्द्रमार्फत सरकारसँग कुरा राख्ने र व्यवसायीका समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

Health Tips Ad Road Block