Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेष्ठ नागरिकका माग पूरा गर्न सहयोग गर्छुः अध्यक्ष प्रचण्ड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ। महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेट गरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।

महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे ।

खासगरी २५०० भन्दा बढी जेष्ठ नागरिक नागरिकताविहीन रहेको र यसले उनीहरूलाई राज्यका सेवाबाट वञ्चित बनाएको भन्दै यो समस्या समाधान गर्न नेतृत्व लिइदिन महासंघले अनुरोध गरेको छ ।

महासंघका मागहरू गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष प्रचण्डले महासंघलाई आश्वस्त पार्दै भने, ‘तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्नेछु। यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ ।

Health Tips Ad Road Block